नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
खोटाङ्ग

  • मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको २०७४-६-२९

    आगामी मंसिर १० गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि खोटाङ जिल्लामा आज मिति २०७४।६।२९ गतेका दिन जिल्ला अदालत खोटाङ परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय एक समारोहका वीचमा माननीय जिल्ला न्यायाधिश श्री किशोर घिमिरेज्यूबाट स्थापना भएको घोषणा गरियो ।

  • दिक्तेल बजार अनुगमन २०७४-६-१०

    उपभोक्ता हित सुरक्षित गरी जनतालाई आवश्यक पर्ने दैनिक उपभोग्य लगायत अन्य वस्तुहरुको उचित गुणस्तर कायम गर्ने सन्दर्भमा जिल्ला समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी श्री सन्तोष सुवेदीको नेतृत्वमा मिति २०७४।०६।०९ गतेको दिन दिउसो ११ः०० बजेदेखि ४ः३० बजेसम्म दिक्तेल बजारको अनुगमन गर्ने काम सम्पन्न गरियो । बजार अनुगमनको क्रममा व्यवसायीले व्यवसाय संचालनको ईजाजत पत्र, मूल्यसूची, स्थायी लेखा नम्बर, उपभोग्य मिति, वस्तुको गुणस्तर र गोदाममा रहेको वस्तुको स्टक समेतको निरीक्षण गरिएको थियो । सो क्रममा ५२ ओटा पसलहरुको अनुगमन निरीक्षण गरिएकोमध्ये २५ वटा पसलबाट म्याद नाघेका चाउचाउ, विस्कुट, तेल, ससेज, पिठो, चिउरा लगायतका विभिन्न खाद्य सामग्रीहरु जफत गर्नुका साथै व्यापारीहरुलाई आगामी दिनमा…

  • चौथो राष्ट्रिय मानव अधिकार कार्य योजना २०७४-६-३

    मानव अधिकार सम्वन्धी चौथो  राष्ट्रिय कार्य योजना जिल्ला अनुगमन समिति को वैठक मानव अधिकार उप क्षेत्रिय कार्यालय खोटाङ्गका प्रमुख मोहनदेव जोशीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुखको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी लगायत अन्य पदाधिकारीहरु र सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भयो । उपस्थित सवैले जिल्लाका मानव अधिकार सम्वन्धी  समसामयिक विषयहरुमा प्रकाश पार्दै सवैको समन्वयात्मक प्रयासबाट मानव अधिकारको अवस्था सुधार गर्न केन्द्रित हुनु  आवश्यक रहेको तथ्यमाथि जोड दिनु भएको थियो ।

  • स‌विधान दिवस २०७४ मनाईएको २०७४-६-३

    स‌विधान दिवस २०७४ भव्यताका साथ मनाउन मिति २०७४।०६।२ गते जिल्ला समन्वय समिति खोटाङ्गका प्रमुख बबी चाम्लिङ्गको अध्यक्षतामा जिल्ला समारोह समितिको गठन भयो । जिल्ला समारोह समितिले खोटाङ्ग जिल्लामा असोज २, ३ र ४ गते  ३ दिन विविध कार्यक्रमहरुका साथ स‌विधान दिवस २०७४ मनाउने निर्णय गरेको छ । सो अनुसार असोज २ गते साँझ सवै सरकारी गैर सरकारी निकायहरु तथा ब्यक्तिगत अावासहरुमा दिपावली गर्ने कार्यक्रम एक समारोह वीच समन्वय समितिका प्रमुख तथा प्रजिअ ले सम्युक्त्तरुपमा समन्वय समितिको कार्यालय परिसरमा दिपावली गरी शुभारम्भ गर्नु भएको थियो भने सवै सरकारी कार्यालयहरुमा साँझ दिपावली गरिएको थियो । आज असोज ३ गते  विहान ७ .३०…

  • जिल्लाका सुरक्षा समितिका पदाधिकारी हरुसँग बैठक २०७३-१२-२२

    जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संग शेर गण मुढे ब्यारेकमा  जि.स.सु. को बैठक बस्नुका साथै चैते दशैंको शुभकामना आदान प्रदान भयो। 

  • फोहोर व्यबस्थापन तथा सरसफाई २०७३-१२-१

    खोटाङ जिल्लाको दिक्तेल स्थित हेलिप्याडमा विगत १०/१२ वर्ष देखि थुपारिएको फोहोर, शिशा तथा अन्य वस्तुहरु संकलन तथा व्यवस्थापन कार्य प्र.जि.अ. , नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सम्पूर्ण कर्मचारी, राजनीतिक दल तथा स्थानियको सहभागितामा सम्पन्न गरियो ।

  • हलेसी तुवाचुङ स्थित डिकुवामा एकीकृत घुम्ती सिविर। २०७३-१२-१९

    यश जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वार्ड नं. २ , डिकुवामा नागरिकता बितरण, अपाङ्ग कार्ड बितरण, जिल्ला विकास समिति बाट योजनाको सम्झौता, नि:शुल्क स्वास्थ्य सिविर, बीउ बिजन प्रदान, सबल र सामी परियोजनाले प्रवाह गर्ने सेवाको जानकारी जस्ता विभिन्न सेवाहरु दिने कार्य प्र.जि.अ. श्री प्रल्हाद पोखरेल, नापी, मालपोत कार्यालय, वन कार्यालय सहितको सहभागिताम सम्पन्न गरियो ।

  • ऐसेलुखर्कमा सार्वजनिक सुनवाही तथा नागरिक सुनवाही २०७३-१२-१९

    ऐसेलुखर्कमा विभिन्न विद्यालयका शिक्षक, राजनीतिक दलका प्रमुख, सेवाग्राही, स्थानिय बुद्धिजिवी, सँग जिल्ला प्रशासन द्वारा र जिल्ला स्थित कार्यालयहरुले दिएको सेवाका सम्बन्धमा प्रहरीद्वारा संचालित शान्ति सुरक्षा लगायतका सेवाका बारेमा प्र.जि.अ. ले स्पष्ट जवाफ दिनु हुँदै ।

  • विकासका पूर्वाधारको विषयमा सर्वपक्षिय अनुगमन २०७४-१-२५

    मिति २०७४।०१।२५ गते प्र.जि.अ. श्री प्रल्हाद पोखरेल ज्यूको नेतृत्वमा जिल्ला स्थित क्रियाशिल राजनीतिक दल, स्थानिय विकास अधिकारी, सुरक्षा समितिका सदस्यहरु तथा पत्रकार लगायतका टोलीले जयराम घाटको पुल, जयराम घाट दिक्तेल-हलेसी मा निर्माण भइरहेको सडकको अनुगमन गर्यो। जयराम घाटको पुल निर्माणको कार्य समयमै सम्पन्न गर्नका लागि प्रमुख जिल्ला अधिकारीबाट निर्देशन भयो। सो पुल समयमै सम्पन्न हुने कुरा ईन्जिनियर उद्धब राणाले जानकारी गराउनु भयो। साथै गुणस्तरीय  सडक निर्माणका लागि प्र.जि.अ. ले सम्बन्धित ठेकेदार, कन्सल्टेन्टलाई निर्देशन दिनुभयो।

  • मृगको संरक्षणमा पहल २०७४-१-२५

    यही २०७४ साल वैशाख ११ गते यस जिल्लाको ऐसेलुखर्क लगायतको क्षेत्रमा अनुगमन निरीक्षण गर्न जाँदा ईलाका प्रहरी कार्यालय परिसरमा सानो मृगको बच्चालाई प्रहरी कार्यालयबाट संरक्षण गरेको पाईयो। ऐसेलुखर्क स्थित जंगलमा विभिन्न प्रजातिका पंक्षी एवं जनावार पाईने सुन्नमा आएको र उक्त मृग पनि केही समय अगाडि विरामी अवस्थामा प्रहरीले फेला पारी हाल उक्त कार्यालयको संरक्षणमा रहेको हुँदा सो मृगको अविलम्ब उद्दार गरी वन्यजन्तु संरक्षण विभाग/सम्बन्धित निकायसँग समन्वय गरी अविलम्ब उद्दार एवं संरक्षणको पहल गर्नुहुन निर्देशन दिइएको।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय